|

दाङ : जिल्लाका १० स्थानीय तह मध्ये केहीको नतिजा आइरहेको समयमा मंगलबार भने तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचन हुन लागेको छ।

एमालेबाट वडा नम्बर १७ मा वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि गत बैशाख ३० गते निर्वाचन स्थगित भएको हो।

मतदानका लागि सम्पूर्ण तयारी पूरा भैसकेको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्र सम्बन्धित स्थानमा पुगिसकेको बताइएको छ। मतदानका लागि कर्मचारी एवं सुरक्षाकर्मी परिचालन भैसकेका छन्।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ। तुलसीपुरमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज अधिकारी अध्यक्ष पदका उम्मेदवार रहेका छन्।

६ हजार १ सय ७० मतदाता रहेकाे वडाका २ स्थानमा मतदान हुने छ।

जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्ने छन्।

वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाका यसअघि नै मतदान भैसकेका वडाहरुको मतदान सुरु हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.