|

झापा : माओवादी केन्द्रले झापाको हल्दिबारी गाउँपालिकामा खाता खोलेको छ। माओवादीले हल्दिबारी वडा नम्बर २ को अध्यक्षसहित ३ सदस्य जितेको छ।

एउटा सदस्य एमालेले जितेको छ। निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्णप्रसाद प्रसाईंलाई १०६ मतान्तरले पराजित गर्दै माओवादीका शुकलाल राजवंशी निर्वाचित भएका हुन्। राजवंशीले १ हजार २६१ र प्रसाईंले १ हजार १५५ मत ल्याएका छन्।

वडा सदस्यहरूमा माओवादीका गणेशकुमार मगर १ हजार १३, रचना कुलुङ्ग १ हजार १०७ र अम्बिका तोलाङ्गी १ हजार १०२ मत ल्याएर विजयी भएका छन्। वडा सदस्यमा एमालेका विष्णुबहादुर राई १ हजार ८७ मत ल्याएर विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.