|

इलाम : गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनपश्चात माईजोगमाई गाउँपालिका वडा नम्बर १ मा मत गणना गर्ने क्रममा वडाध्यक्षमा बराबरी मत भएको र उक्त वडाको मत परिणाम सार्वजनिक नहुन्जेल वडा नम्बर ६ को मत गणना नगर्न पाँचदलीय गठबन्धनले माईजोगमाई गाउँपालिका निर्वाचन आयोगलाई निवेदन दिएको छ।

संयुक्त गठबन्धनबाट हस्ताक्षरसहित निर्वाचन आयोगलाई निवेदन पेश गरेको छ। १ नम्बर वडाको प्रक्रिया पूरा नभएसम्म ६ नम्बर वडाको मत गणना रोक्न माग गर्दै गठबन्धनले निवेदन हालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.