|
फाइल फोटो

काठमाडौं : उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विजयी भएको छ। 

उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाले ४ हजार ९ सय ४२ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका गोपालबहादुर खत्रीलाई ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे। 

उपाध्यक्षमा भने एमालेकी शोभाकुमारी मगरलाई पराजित गर्दै कांग्रेसका जितबहादुर खड्का विजयी भएकी छन्। खड्काले ४ हजार ६४८ मत ल्याउँदा एमालेकी मगरले ३ हजार ८६३ मात्र मत ल्याएकी थिइन्। 

२०७४ सालको निर्वाचनमा सो पालिका एमालेले जितेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.