|

रामेछाप : रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। गाउँपालिका अध्यक्षमा ठूलो कान्छा तामाङ ५ हजार ४ सय १३ मत ल्याएर विजयी भएका हुन्।

उपाध्यक्ष पनि माओवादी केन्द्रबाट गीता विष्ट विजयी भएकी छन्। विष्टले ५०५१ मत पाइन। ५ वटा वडा भएको सुनापतिमा १ नम्बरमा ध्रुव चौलागाईं नेपाली कांग्रेस, २ मा माओवादी केन्द्रबाट पदमबहादुर थापामगर, वडा ३ माओवादी केन्द्रकै कुल बहादुर थिङ, वडा ४ माओवादी केन्द्रबाट डण्डुप लामा र वडा-५ माओवादी केन्द्रबाट चित्र बहादुर मानन्धर विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.