|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मत परिणाम अनुसार महर्जनले ७ हजार २ सय १७ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले  ३ हजार ६ सय ७४ मत  मत प्राप्त गरेका छन्। 

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले तीन हजार ६ सय ७४ मत प्राप्त गरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबु राज बज्राचार्य दुई हजार २९२ मत मत प्राप्त गरेको छ।  

अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार  वडाको मात्रै परिणाम आएको छ।

वडा-१ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन्।

हाल वडा ४, ६ र ७ को गणना जारी रहेको छ। महानगरपालिकामा २९ वडा छन्। एक लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालयको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.