|

इलाम : गोलाप्रथाबाट माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका याम कुमार कार्की विजयी भएका छन्। वैशाख ३१ गते सम्पन्न मतगणनामा नेकपा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले १०८४ मत ल्याएपछि वडाध्यक्ष निर्क्यौल हुन सकेको थिएन। 

आज गरिएको गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार कार्की दोश्रो पटक वडाध्यक्ष निर्वाचित भएका हुन्। १ नम्बर वडाको जनप्रतिनिधि निक्यौल नभएसम्म वडा ६ को मतगणना कार्य रोक्न गठबन्धनका दलहरुले निर्वाचन कार्यालयलाई लिखित आग्रह गरेपछि आज वडाध्यक्षको निर्णय भएको हो।

हिजोबाट स्थगित वडा ६ को मतगणना सुरु हुने भएको छ। वडा ५ सम्मको मत परिणाम सार्वजनिक भइसक्दा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार कुशबहादुर थेवेले ४८ मतको अग्रता कायम गरेका छन्।

उनले ४ हजार ३२९ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका जित बहादुर राईले ४ हजार २८१ मत पाएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राईले ३६४ मतान्तरको अग्रता बनाएकी छन्। उनले ४ हजार ५०३ मत पाउँदा नेकपा एमालेकी सावित्रा भट्टराईले ४ हजार १३९ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.