|

मङ्गलबारे : चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन्।

नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

केरुङले छ हजार ६५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी खनालले तीन हजार ७५५ मत ल्याएका छन्। यसैगरी नेकपा (एकीकृत समाजवादी) का नारायण लावतीले ५०५ मत ल्याएका छन्।

त्यस्तै गाउँपलिकाको उपाध्यक्षमा नेकपा एमालेका दिलकुमारी लिम्बू (लावती)ले चार हजार ४५० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याएका छन्।

सो गाउँपालिकामा कूल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.