|

दाङ : २०७४ सालमा नेकपा एमालेले जित हात परेको लमही नगरपालिकामा यो पटक नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा कांग्रेसका जोगराज चौधरी विजयी भएका हुन्।

उनले नौ हजार ३१७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले सात हजार २८५ मत प्राप्त गरे। नेकपा एमालेका दण्डिराम चौधरीले पाँच हजार ५०३ मत प्राप्त पाए।

नगरपालिकाको उपप्रमुख पनि नेपाली कांग्रेसले नै जितेको छ। कांग्रेसकी  लक्ष्मी योगी आठ हजार ७३७ मत प्राप्त गरी विजयी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी गंगा पाण्डेले पाँच हजार ८४८ मत प्राप्त गरिन्। यस्तै एमालेकी सुशीला शर्माले पाँच हजार ३१२ मत प्राप्त गरिन्।

९ वटा वडा रहेको नगरपालिकामा मेयर र उपमेयर सहित ८ वडामा कांग्रेसले जितेको छ।  वडा नम्बर ५ मात्र माओवादी केन्द्रले जितेको छ। यो वडामा ४ सदस्य पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ०७४ मा प्रमुख जितेको एमाले यस पटक लमहीमा शून्य भएको छ।

जिल्लाका १० स्थानीय मध्य सात वटा नतिजा आइसकेको छ भने अब घोराही र तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकाको आउन बाँकी छ। घोराहीमा गठबन्धनलाई पछि पार्दै एमाले अगाडि रहेको छ भने तुलसीपुरमा गठबन्धन र  गढवामा माओवादी केन्द्रले अग्रता लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.