|

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै गएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबारसम्म २४ हजार ४१७ मतगणना भएको छ।

साढे १२ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ३१२ मत पाएका छन्।

 यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ४९० र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ५६७ मत पाएका छन्।

हमाल र वडबीच ५ हजार ८२२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ९२४ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार ४१३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ८२४ सय मत पाएका छन्।

अहिलेसम्म वडा- १, २, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ३, ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.