|

रौतहट : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको गृह नगरमा  नेकपा एकीकृत समाजवादीको जित भएको छ।

अध्यक्ष नेपालको गृह नगरका एकीकृत समाजवादी पार्टीका उम्मेदवार शम्भु साह रौतहटको गौर नगरपालिकामा विजयी भएका छन्। गत ३० गते स्थानीय तहको निर्वाचनमा रौतहटको गौर नगरपालिकामा नगर प्रमुख (मेयर) को पदमा समाजवादीका उम्मेदवार शम्भु साह निर्वाचित भएका हुन्।

पूर्व मेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साहले नगर प्रमुखमा जित हाँसिल गरेका छन्। मेयर पदमा निर्वाचित भएका साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, उपमेयरको पदमा पनि समाजवादीकै उम्मेदवार शैल देवी विजयी भएकी छिन्। उपमेयरको पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी डा. शाहजहाँ खातुन ३ हजार ६८५ मत पाएर पराजित भएकी छिन् भने शैल देवी ४ हजार ८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.