पर्वत:पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन।
गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित भएका हुन। कुँवरले २ हजार ९३७ मत ल्याएका छन।
उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएका छन। तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए।
यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ । वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।