|

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

३९ हजार ९६१ मतगणना हुँदा दाहालले १५ हजार १३४ मत पाएकी छन्। उनलाई एमालेका विजय सुवेदीले १२ हजार ७७ मतले पछ्याइरहेका छन्। ३ हजार ५७ मतले रेनु अगाडि छिन्।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ५३५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत ९ हजार ७३२ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.