|

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा विश्वेश्वर यादव ३ हजार ८ सय ८७ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८ सय ५९ मत ल्याएका हुन्।

त्यस्तै, उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन्। उनले ३ हजार ८ सय ८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७ सय ६६ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.