|

दाङ : शान्तिनगर गाउँपालिका २ नं वडामा नेपाली काङ्ग्रेसबाट खुला वडा सदस्यमा निर्वाचित भएको भन्दै वीरबहादुर वलीले खुशी मनाए।

अहिले निर्वाचन कार्यालयले वली नभई खुला सदस्यमा उम्मेदवार बनेकी मीना  न्यौपानेलाई विजयी घोषणा गरेपछि आफू अन्यायमा परेको बताए। उनले भने, ‘म चुनाव लड्दा १ चिह्न भएको रूखबाट लडेको थिएँ। मैले भोट पनि त्यही अनुसार मागेँ। मलाई मतदाताले पनि सयोग गरेर जिताए। आज आएर म निर्वाचित नभएको सुन्दा अचम्ममा परेको छु।`

उनका अनुसार पार्टीले १ चिह्न भएको चुनाव चिह्नमा भोट माग्न लगाएको थियो। आफूले पनि त्यहीअनुसार भोट मागेर धेरै मत पाएको भन्दै अहिले चुनाव चिह्न फरक परेको भन्नु गलत भएको बताए। उनले भने, ´कि मलाई शुरुमा तेरो चुनाव चिह्न यो हो भनेर जानकारी दिनुपर्छ तर विजयी भएको भनेर खुशियाली मनाउँदा पनि कसैले जानकारी दिएनन्। अहिले निर्वाचन कार्यालयले पराजित भएको घोषणा गर्दा म अन्यायमा परेँ। अब मैले मतदातालाई के भनेर उत्तर दिने?`

त्यस्तै २ वटा चुनावबाट नै आफू चुनाव लडेको न्यौपानेले बताइन्। उनले अब निर्वाचन कार्यालयले जुन निर्णय गर्छ। त्यही स्वीकार गर्ने गर्ने पनि बताइन्। यता मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले निर्वाचन कार्यालयले जितेकाहरूलाई प्रमाणपत्र दिइसकेकाले यसमा केही गर्न नमिल्ने बताए।

उनले उम्मेदवार उम्मेदवारी मनोनयन गरिसकेपछि निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गर्ने र त्यही समयमा उम्मेदवारले दाबी विरोध गर्नुपर्ने भए पनि उनीहरूले ध्यान नदिँदा यस्तो समस्या भएको बताए। उनले यसको समाधान अदालतबाट मात्र हुने बताए।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन्। त्यस्तै वडा सदस्यहरूमा दलित महिला सदस्य र खुला सदस्य गरी काङ्ग्रेसबाट २ जना र माओवादी केन्द्रबाट महिला सदस्य र खुला सदस्य विजयी भएका छन्।

वलीले शुरुमा ८०५ मत ल्याएर विजयी भएको भन्दै खुशियाली मनाएका थिए। न्यौपानेले ६५४ मत प्राप्त गरी पराजित भएको स्वीकार गरेकी थिइन् तर निर्वाचन कार्यालयले न्यौपानेले ८०५ मत प्राप्त गरी विजयी भएको घोषणा गरेपछि मात्र वली र न्यौपानेले चुनाव चिह्न फरक परेको थाहा पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.