|

सर्लाही : हरिवनको नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन्। उपप्रमुखमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन्।

बुढाथोकीले निवर्तमान नगरप्रमुख नेकपा एमालेका गणेशप्रसाद प्रसाईंलाई १५३ मतान्तरले पराजित गरे। सात हजार २ मत सहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८४९ मत पाए।  माओवादीका एक वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादीका बुढाथोकी प्रमुखमा बाजी मार्न सफल भए।

उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँग पराजित भएका थिए।

त्यस्तै, उपप्रमुखतर्फ एमालेकी घलान ६ हजार ८५५ मत सहित विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी माओवादीकी पद्मा मोक्तानले ५ हजार ३२१ मत ल्याइन्। वडा १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७, ८,१० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेको छ। हरिवन नगर पालिकामा ११ वटा वडा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.