|

बारा : कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। 

कोल्हवी नगरप्रमुखमा  रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित  भएका हुन्। चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० भन्दा बढी मतान्तरले हराएका हुन्। चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याए। 

एमालेकी सुनैना रुनीलाई ६०० भन्दा बढी मतले पराजित गर्दै लक्ष्मी उपप्रमुख चुनिएकी हुन्। उनले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरे।

कोल्हवी नगरपालिकाको अघिल्लो कार्यकालमा अहिले पराजित एमालेका भण्डारी प्रमुख थिए भने सुनैना उपप्रमुख थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.