|

सुनसरी : धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले मतदाताले दिएको भोट जीवनभर पुग्ने सम्मान रहेको बताएका छन्।

शनिबार सामाजिक संजालमा उनले मेयर पदमा जित्नेलाई खादा र माला लगाइदिइरहन नपर्ने बताएका हुन्।

उनले लेखेका छन्,  तपाईंहरूले दिनुभएको अमूल्य भोट नै मेरो लागि जीवनभर पुग्ने सम्मान हो। खादा र माला लगाइदिइरहन पर्दैन। अनावश्यक भड्किलो र खर्चिलो शैली त्यागौँ। नयाँ गरौँ र नयाँ बनौँ।'  मतगणनाको साता दिन बित्दै गर्दा मेयर पदमा उनको अग्रता कायम छ।

उनी यो समाचार तयार पार्दासम्म  उनी २६६७ को मतान्तरले अगाडि छन्। हालसम्म उनले १५ हजार ७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी किशोर राईले १२ हजार ४ सय १० मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १० हजार ११२ मत प्राप्त गरेकी छिन्।

धरानमा ६२ हजार ८९७ मत खसेको थियो भने अझै १५ हजार मत गन्न बाँकी रहेको जिल्ला संवाददाता शंकर खत्रीले जानकारी दिए।

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.