गुल्मी : गुल्मीमा नेकपा एमालेका उम्मेदवार बाबु र छोरासँग २०७४ र ०७९ का स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा नेकपा एमालेका कृष्णबहादुर भुसाल २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार अशोकुमार थापासँग ८५० मतान्तरले पराजित भए।
२०७४ सालमा थापाले ५ हजार ५७५ मत ल्याएका थिए भने भुसालले ४ हजार ७५० मत प्राप्त गरेका थिए।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अशोकुमार थापाका छोरा सरोज कुमार थापासँग पनि कृष्ण भुसाल पराजित भए।
अध्यक्षमा सरोज कुमार थापाले ६ हजार १६६ मतले विजयी भए भने निकटतम प्रतिद्वन्द्वी कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएर पराजय भोग्न बाध्य भए।
तत्कालीन गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको २०७८ साल असार ३१ गते काठमाडौंमा उपचारको क्रममा निधन भयो। बुबाको निधन पछि नेपाली कांग्रेसले उनका छोरालाई नै यस पटककाे चुनावमा उम्मेदवार बनाएकाे हाे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।