|

काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन्। 

पछिल्लो मत परिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन्। सिंहले २० हजार ५२० र स्थापितले २० हजार ३१६ मत पाएका छन्। 

अग्रस्थानमा रहेका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३७ हजार ६१ मत ल्याएका छन।  उप मेयरमा एमाले उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.