|

तनहुँ : व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएका हुन्।

न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे।

कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरिन्।।

 नगरपालिकाका १४ मध्ये ११ वडामा कांग्रेसले प्यानलसहित जितेको छ। एमालेले तीन वडामा अध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ। एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.