|

कञ्चनपुर : पुनर्वास नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तोयप्रसाद शर्मा निर्वाचित भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीका अनुसार निर्वाचित शर्माले १० हजार ६ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पदमबहादुर पुजाराले चार हजार ६७४ मत पाए। 

नेपाली कांग्रेसका उम्मेदवार भुलियाकुमारी राना उपप्रमुखमा विजयी भएकी छिन्। उनी सात हजार ३४५ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी हुन्।

उनका निकटकतम प्रतिद्वन्द्वी  नेकपा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.