|

काठमाडौं : काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि मतगणना जारी रहँदा उपप्रमुखतर्फ नेकपा एमालेकी सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अगाडि छिन्। 

पछिल्लो मतपरिणाम अनुसार डंगोलले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्।

महानगरप्रमुखतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्। कांग्रेसकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा रहँदा एमालेका उम्मेदवार केशव स्थापित उनलाई पछ्याइरहेका छन्। 

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नं ९, १०, १३, १४, १५, २०,  २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.