|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  कामपा–९ को वडाध्यक्षमा कांग्रेसका रामजी भण्डारी विजयी भएका हुन्।

नेकपा एमालेका रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै भण्डारीले जित हात पारे। भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा श्रेष्ठले दुई हजार २९८ मत पाए।

​वडा सदस्यमा एमालेका टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन्। महिला सदस्यमा कांग्रेसकी सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेकी रचना सोनाम विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.