|

काठमाडौं : स्थानीय तह निर्वाचनको १२औँ दिनदेखि जारी मतगणनाको अझै अन्तिम परिणाम आएको छैन्। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार ७ सय ३७ स्थानीय तहको अन्तिम मतपिरणाम आइसकेको छ। 

५ महानगरपालिका, एक उपमहानगर र सात नगरपालिकाको मतगणना अझै जारी रहेको छ। दुईवटा नगरपालिकाको गणना नै सुरु भएको छैन्। पानी परेर विवाद हुँदा रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै बाजुराको बुढीगंगा नगपालिकाको के गर्ने भन्ने आयोग अझै अन्योलमा छ। मतगणना चलिरहेको उदयपुरको कटारी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन्। 

त्यस्तै पाँच महानगर मध्ये एकमा स्वतन्त्र र चारमा सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन्। वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह एमाले उम्मेदवार विजय सरावगी भन्दा दोब्बर मतले अगाडि रहेका छन्।

यस्तै भरतपुर महानगरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल जित नजिक हुँदा पाेखरा महानगरमा एकीकृत समाजवादीका धनराज आचार्यको जित निश्चित भएको छ। त्यस्तै ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा दोब्बर मतले अगाडि छन्। 

काठमाडाैं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४८ हजार मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका उम्मेदवार सिर्जना  सिंहले पछ्याइरहेकी छन्। 

दाङको तुलसीपुर उपमहानगरको गणना पनि जारी छ। त्यहाँ एमालेले अग्रता बनाएकाे छ। यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण अगाडि हुँदा एमालेका मोहन चापागाईँ पछ्याइरहेका छन्। 

गणना गर्न बाँकी रौतहटका चार नगरपालिका​मा गढीमाई, गरुढा, फतुवा विजयपुर र बैधिमाई नगरपालिका छन्।  यस्तै बाराकाे पचरौता नगरपालिकाको पनि गणना जारी छ। यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पनि अझै गणना सकिएको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.