एमालेकी गुरुङ उपप्रमुख निर्वाचित

|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्।

आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतको अन्तरले पराजित गरेका हुन्। खसेको एक लाख ४३ हजार २२६ मतमध्ये आचार्यले ५८ हजार ८९३ मत पाए। थापाले ५२ हजार ८४८ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले पाँच हजार ६७४, अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले तीन हजार ३० र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी (अधिकारी) ले ३३८ मत पाए।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भइन्। उनलेगठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई तीन हजार ८८३ मतान्तरले पराजित गरिन्। गुरुङको  ६० हजार ५४६ मत आउँदा रानाभाटको पक्षमा ५६ हजार ६६३ मत पर्‍यो। 

यस्तै राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९ र विवेकशील साझाका माधव भण्डारीले २६४ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.