|

काठमाडौं :  काठमाडौं महानगरपालिका–१८ को अध्यक्षमा नेकपा एमाले र १९ मा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्। 

काठमाडौं-१८ मा नेकपा एमालेका उम्मेदवार न्हुछेकाजी महर्जन विजयी भएका छन्।  महर्जनले १ हजार २९३ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजन महर्जनले ७७१ मत मात्र प्राप्त गरेका छन्। 

यस्तै वडानम्बर १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ विजयी भएका छन्। उनले १ हजार २ सय मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.