|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको सत्ता पक्षले निर्वाचनको बेलामा आफ्नो पार्टीको उम्मेदवारलाई थुनामा राखेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भने, ‘निर्वाचनको बेलामा हाम्रो उम्मेदवारलाई थुनामा राखेर निर्वचन गराइन्छ। सत्तापक्ष उम्मेदवार नेता मन्त्रीहरू जान्छन्। र हाम्रो कार्यकर्तामाथि हातपात गर्छन्, मुद्दा उजुरी केही लाग्दैन। एमालेका नेता कार्यकर्ता देख्नै हुँदैन मुद्दा लगाइन्छ।’

निर्वाचनमा धाँधली गरेर गठबन्धनले जितेको आरोप समेत लगाए। २०७४ सालमा पहिलो पार्टी बनेको नेकपा एमाले स्थानीय निर्वाचन २०७९ को परिणामअनुसार दोस्रो स्थानमा झरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.