|

भारतको पूर्वी राज्य विहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त घटना बुधबार दक्षिण विहारको औरंगावाद र गया जिल्लामा भएको हो। विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि 'सुक्खा राज्य' को रूपमा चर्चा गरिने गरिएको छ।

तर छिमेकी राज्यबाट खरिद गरी विहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ।

मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एकिन संख्या भने बताउन अस्वीकार गरेका छन्।

धेरै जसो पीडितहरूले वान्ता हुने, पेट दुख्ने अनुभव गरेको बताइएको छ । 'छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएको पाइएको छ', जी न्युजले उल्लेख गरेको छ। यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले विहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.