पुनः मतदानको मिति तोक्न मंगलबार सर्वदलीय बैठक बस्दै
पुनः मतदानको मिति तोक्न मंगलबार सर्वदलीय बैठक बस्दै
काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचनको विवादले अझै पार पाएको छैन। गत वैशाख ३० गते मतदानका दिन राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।
निर्वाचन आयोगले स्थगित निर्वाचन प्रक्रिया अघि बढाउन गत जेठ १२ गते नै निर्देशन दिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन। आयोगको निर्देशनअनुसार बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु फेरिइसकेका छन्।
पटक पटक बैठक बसे पनि दलका विवादका कारण निर्वाचन प्रक्रियाको टुङ्गो नलागेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए। बैठकमा असारको पहिलो सातासम्म निर्वाचन प्रक्रिया सक्ने तय भएपनि पुनः मतदान गर्ने विषयमा टुङ्गो नलागेको घिमिरेले थाहाखबरलाई बताए।
उनका अनुसार पुनः मतदानको दिन टुङ्ग्याउन पर्सि मंगलबार दिउँसो ४ बजे पुनः सर्वदलीय बैठक बोलाइएको छ। नगरपालिकाका ६ वटा वडामा विवाद रहेको छ। निर्वाचन आयोगले वैशाख ३० गते भएको नगरपालिकाको सम्पूर्ण मतदान रद्द गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।