‘अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकारिसक्यो, सेना आउँदैन’

|

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले कतैबाट पनि सरकारलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को प्रस्ताव नआएको प्रष्ट पारेका छन्। 

प्रतिनिधिसभा बैठकमा सांसदहरूले एसपिपीबारे प्रश्न उठाएपछि त्यसको जवाफ दिँदै उनले भने, ‘आज पनि सुरुमै संसदमा प्रश्न उठ्यो स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे सरकारले कुनै प्रस्ताव राखेको पनि छैन। आएको पनि छैन। यो गलत हो, झुट हो। सरकारलाई बदनाम गराउने खेल मात्रै हो। वनको बाघले होइन मनको बाघले नखाओस्।’
 
मन्त्री शर्माले सदनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गरेको झण्डै दुई घण्टाभित्रै अमेरिकाले स्वागत गरेको त्यसमा कुनै कम्युजन रहनुपर्ने अवश्यक नभएको बताए। त्यस्तै, उनले अमेरिकी सेना नेपालको अनुमति बिना आउनै नसक्ने पनि प्रष्ट पारे।

आजको संसद्‌ बैठकमा विभिन्न सांसदहरूले सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्रामबारे सम्झौता गर्न लागेको विषयमा आपत्ति जनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.