|

काठमाडौं : लेखकद्वय डा. नम्रता पाण्डे र  डा. प्रद्युम्नराज पाण्डेको निबन्ध संग्रह लोकार्पण गरिएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको लोकार्पण गरिएको हो।​

निबन्धसंग्रह ‘सफलताका सूत्र’ पुस्तकको माध्यमबाट सबैमा सफल जीवनको माग निर्देशन गरिएको छ। विगतमा अन्य विभिन्न बिषयमा पुस्तकमार्फत ज्ञान दिँदै आएका दम्पतीले यस पटक भने यो कृति मार्फत जीवनलाई सफल बनाउने सूत्र समेटेको छ।

पुस्तकका बारेमा लेखिका डा. नम्रता पाण्डे भन्छिन्, 'पाठकले आफ्नो जीवन बुझ्नका लागि यो पुस्तक लेखिएको हो, यसभित्र जीवनका बुहुआयाममा कसरी ध्यान पुर्‍याउने, कसरी सन्तुलन मिलाउने र कसरी सफलताको मापन गर्ने भन्ने कुरा समेटिएको छ।'

कार्यक्रममा समालोचक प्राध्यापक डा. भागवत ढकालले सफलताको सूत्र जीवन पद्दति भएको र यो निबन्धात्मक शैलीमा लेखिएको कृति भएको बताए। 

यस कृतिमा कुनै व्यक्तिले आफ्नो जीवनलाई कसरी सुन्दर बनाउने र सफलता प्राप्त गर्ने भन्ने सीपको जानकारी दिइएको उनले बताए। पुस्तकमा समाजका कुण्ठा, बेथिति, नैराश्यता र विसंगतीका कुरा चित्रण गरिएकाले यो पढेर सुन्दर जीवन बनाउन सकिने डा. ढकालको भनाइ छ।

सफलता के हो र जीवनका बहुआयामलाई सन्तुलन राख्ने सीप पुस्तकले दिएको छ। लेखिका नम्रता पाण्डे थाहा खबरकी नियमित स्तम्भकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.