|

झापा : रतुवा खोलामा आएको बाढीले  जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जानकारी दिए। 

विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ। उनीहरूको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। 

त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ। बाढी पसेपछि त्यहाँका २५ घर डुबानमा परेका छन्। बस्तीमा करिब दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह विस्तारै क्रमशः घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.