|

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले युवाहरुलाई खानेपानीका लागि श्रम गर्न आग्रह गरेका छन्।

खानेपानीका लागि निरन्तर संघर्ष गर्दै स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले आफ्नो फेसबुक पेजमार्फत यस्तो अपिल गरेका हुन्।

उनले पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन अपिल गरेका छन्।

'दिनभरी जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरूलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आव्हान गर्दछु।' उनले फेसबुकमा लेखेका छन्।

साम्पाङ मेयर निर्वाचित भएर कार्यभार सम्हाल्नेबित्तिकै उनले खानेपानीको व्यवस्थाका लागि पहल गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.