|

काठमाडौं : चन्द्रागिरिको जंगलमा हराएका ३ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। हराएका ३४ वर्षका अमेरिकी डग्लस रो, भारत चन्डीगढका ३० वर्षीय नवप्रित डिलोन र मुम्बईका २९ वर्षीय माधव गुप्ताको सकुशल उद्धार गरिएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।

शनिबार साँझ करिब ५ बजे ३ जना विदेशी नागरिक चन्द्रागिरीको जंगलमा हराएको सूचना प्रहरी प्रभाग सानेपा ललितपुरले पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट प्रहरी तथा उद्धारकर्मीसहित १० जनाको टोली परिचालन गरी खोजी गरिएको थियो।

सोही क्रममा हराइरहेका व्यक्तिसँग सम्पर्क गरी बुझ्दा सो स्थान थानकोटबाट करिब ७ किलोमिटर माथिको जंगल थानकोट चित्लाङ सडकखण्डमा रहेको पत्ता लागेको थियो। उद्धार गरिएका तीनै जनालाई प्रहरी वृत्त थानकोट ल्याएर उनीहरूका साथीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.