|

खोटाङ : रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा पहिराले एक घर बगाएको छ। शुक्रबार साँझदेखिको वर्षाका कारण पहिरो जाँदा बलराम खत्रीको घर बगाएको हो।

घरमा मानिस नरहेका कारण मानवीय क्षति भने भएको छैन। भैरव बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ। भैरव, हरि राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए।

'पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ' कार्कीले भने, 'यो गाउँका सबै करिब १० घर उच्च जोखिममा छन्। त्यसैले जोखिममा परेका घरका मानिसलाई अन्यन्त्र सार्ने सोचमा छौँ।'  पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.