|

काठमाडौं : साउनको सोमवार भगवान् शिवको आराधना गर्ने परम्परा छ। 

शिव शब्दको अर्थ  कल्याण हो। भगवान् शिवलाई देवाधिदेव महादेव पनि भनिन्छ 

संहारका देवता मानिए पनि भक्तको आराधनाबाट चाँडै प्रसन्न हुने ‘आशुतोष’का रूपमा पनि शिवको महिमा छ।

यिनै भगवान् शिवका अन्य ४७ नाम छन्। संस्कृत कोश (अमरकोश) मा ती नामबारे उल्लेख छ।

यी हुन् भगवान् शिवका ४८ नाम–

शिव, शम्भु, ईश, पशुपति, शुली, महेश्वर, ईश्वर, शर्व, ईशान, शंकर, चन्द्रशेखर, भूतेश, खण्डपरशु, गिरिश, गिरीश, मृड, मृतुञ्जय, कृत्तिवासा, पिनाकी, प्रमधिप, उग्र, कपर्दी, श्रीकण्ठ, शितिकण्ठ, कपालभृत, वामदेव, महादेव, विरुपाक्ष, त्रिलोचन, कुशानुरेता, सर्वज्ञ, धुर्जटि, नीललोहित, हर, स्मरहर, भर्ग, त्र्यम्बक, त्रिपुरान्तक, गंगाधर, अन्धकाररिपु, क्रतुध्वंशी वृषभध्वज, व्योमकेश, भव, भीम, स्थाणु, रुद्र र उमापति।

​श्रद्धालुले नामको अर्थ र आफ्नो कामनाअनुसार नाम लिएर शिवको आराधना गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.