|

काठमाडौं : नागरिकता विधेयकविरुद्धको आन्दोलन वर्षाका कारण बिथोलिएको छ।

शुक्रबार नयाँ बानेश्वरमा भएको विरोध कार्यक्रमलाई ६ वामपन्थी दलले नेतृत्व गरेका थिए। यसका लागि बानेश्वर क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सरकारले नागरिकता विधेयक शुक्रबार पारित गर्ने भन्दै संसद्‍मा टेबल गरेपछि ६ दलले संसद् घेर्ने कार्यक्रम घोषणा गरेको थियो।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, माओवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, नेपाल कम्युनिष्ट पार्टी, संयुक्त क्रान्तिकारी मोर्चा नेपालले नेपाललाई भारतीयकरण गर्ने चरम राष्ट्रघाती नागरिकता विधेयक पारित हुन नहुने सामूहिक रूपमा माग गरेका छन्।

हाल संघीय संसद्‍मा नागरिकता विधेयकका बारेमा छलफल जारी छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.