|

काठमाडौं : जब जब बिहान उठ्छौँ, सबैभन्दा पहिलो काम खाने पिउने काममा चाहिँ चिया पिउने गर्छौं। घरमा कोही आए सबैभन्दा पहिला चिया बनाएर स्वागत गर्छौं।

कसैले टेलिफोन गरे चिया पिउनु भो सबैभन्दा पहिले प्रश्न गर्छौं। हाम्रो देशमा चिया लोकप्रिय पेय पदार्थको रूपमा विकसित भएको छ।

चिया देशमा लामो समयदेखि एनटीडिसी नामको नेपाल चिया निगम बनाएर विकास गर्न कोशिश गरिरहेका थियौँ। २०४८ मा इलामबाट प्रतिनिधि भएँ‚ त्यसवेलासम्म आम रूपमा नेपाली किसानहरू त्यति मात्रामा चिया रोपणमा संलग्न थिएनन्। चिया निगम थियो ६-७ वटा बगान थिए। त्यसयता म आफैँ प्रतिनिधि भएपछि इलाम क्षेत्रमा अभियान चलाएँ।

इलामको चिया बगान एक नम्बर

धेरै किसानले रोपणको काम गरे। इलाम त सभामुख महोदयमार्फत इलाम पुग्नुभएको छ कि छैन। वास्तवमा इलाम एक नम्बर क्षेत्र झन्डै चिया बगानमा रूपान्तरित भएको छ। जुन ढंगले विकास भएको छ देशमा चिया फैलिँदै गएको छ त्यसतर्फ सरकारले विल्कुल बेवास्ता गरेको छ।

यसपालि नीति कार्यक्रममा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ तर नीति कार्यक्रम प्रधानमन्त्रीले अघि सार्नुभएको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन।

किसानहरूले इलाम झापा, पाँचथर, ताप्लेजुङमा चियाका बगानहरू निरन्तर विस्तार गरिरहेका छन्। तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङमा पनि चिया बगानहरू विस्तार गरिरहेका छन्।

अर्थमन्त्रीबाट आउँछ होला किन भने बजेटमा त आबद्ध होला किन भने देशको महत्त्वपूर्ण कम्बोडिटीको रूपमा रहेको छ कृषि उपजको रूपमा रहेको छ। पक्कै ध्यान आकर्षित होला भन्ने लागेको थियो तर कतै चर्चा भएन। बजेट ल्याउनभन्दा अघि पक्कै चिया पिएर आउनुभयो। सांसदहरू अलि बिदा भए चिया पिउन जान्छौँ तर चियाको बारेमा जुन ढंगले चिया आकर्षित हुनुपर्ने हो त्यो ढंगले भएन।

बेवास्ताले चिन्तित

दु:खको कुरा हो। चिया वास्तवमा महत्त्वको चिज छ विश्वभरि नै महत्त्वपूर्ण पेयको रूपमा। पानीभन्दा पछाडि अनेक पेय बनेका छन् संसारमा ५ वटै महादेशमा चिया पिउने गर्छौं। यस्तो लोकप्रिय पेयका रूपमा आफ्नै देशमा विकास त गर्दै छौँ तर दिनुपर्ने जति ध्यान दिएका छैनौँ।

चिया वास्तवमा केमेलिया सेन्सेसिसबाट भन्ने वनस्पतिबाट बनाउन सकिने रहेछ। जसलाई आजभन्दा धेरै वर्ष २७३७ ईशापूर्वमा चिनियाँ बादशाह सेन नोङले पत्ता लगाए। त्यसलाई शुरुमा जडीबुटीको रूपमा प्रयोग गरियो तर विस्तारै पेयको रूपमा विकसित हुँदै गयो।

४ हजार वर्ष चीनमा मात्र सीमित बन्यो विस्तारै विश्वमा विस्तारित हुँदै गयो। १ हजार पहिला त्यो चिया जापान पुगेछ व्यापक पिउने थाले। १७औँ शताब्दीमा बेलायत र युरोप पुग्यो त्यहाँ पनि व्यापक रूपमा पिउन थाले।

१९औँ शताब्दीमा ब्राजिल दक्षिण अमेरिकामा पुगेछ व्यापक रूपमा रोपण सुरु भयो। २०औँ शताब्दी लागेपछि अफ्रिकी देशमा व्यापक विस्तार भएको देखियो। २०औँ शताब्दीको आधातिर अष्ट्रेलियामा पनि विस्तार भएको देखियो।

इलाममा चिया रोपण

१९औँ शताब्दीमा आएपछि भारतमा पनि चिया आइपुग्यो। इस्ट इन्डिया कम्पनीले त्यहाँ विकासको प्रक्रिया शुरु गर्‍यो। १८५० दार्जीलिङमा चिया रोपण शुरु भयो। भारतमा हजारौँ हजारको संख्यामा चिया बगान विकसित भएका छन्। चीन त उत्पादन थलो नै हो।

भारत र चीन वास्तवमा चिया उत्पादनको अत्यन्त महत्त्वपूर्ण टाइगरको रूपमा संसारमा स्थापित  छन्। दक्षिण एशियामा श्रीलंका व्यापक रूपमा उत्पादन गर्न थाल्यो। नेपालमा पनि क्रमिक रूपमा अगाडि आयो। जंगबहादुर राणाको शासनमा ज्वाइँ कर्णेल गजराजसिंह थापा इलामको बडाहाकिम भएका वेला उनी दार्जीलिङ घुम्न गएछन्।

दार्जीलिङमा हराभर चिया बगान लगाउन थालेको देखेपछि र उनले त्यो चिया चाखेपछि इलाममा पनि हुँदो हो भनेर पहिला रोपण गर्न सिके। सिकेपछि हुने रहेछ भने सर्वप्रथम इलामको चिया बगान १८७८ मा इलाममा बन्यो। त्यसैगरी १८८० मा इलामको सोक्तिममा बन्यो।

चिया निगम स्थापना

यसरी इलाममा चिया रोपण भएको देखिन्छ। त्यसपछि क्रमश: राणा शासनपछि राजाको शासन आयो। १७ सालको घटना घट्यो त्यसवेलासम्म चियाको बारेमा राज्यले वास्ता गरेन। सन् १९६६ मा पञ्चायती शासनमा ४ -५ जिल्लालाई चिया रोपण क्षेत्र भनेर घोषणा गरियो।

१९६६ मा चिया निगम स्थापना गरेर चिया विकासमा ध्यान दिएको देख्छौँ। ९० को परिवर्तनपछि राज्य यस्ता कुरामा निष्‍क्रिय हुन थाल्यो। २००० पुगेपछि अनेक देशमा उद्योग निजीकरणमा चिया निगमलाई कौडीको मूल्यमा देशको आभूषणलाई कौडीको मूल्यमा बेच्ने काम गरियो।

जुन कुराले चिया लगाउने सम्पूर्ण क्षेत्रमा जनता अहिले पनि दुःखी छन्। सरकारले गलत काम गयो भनेर जनता दु:खी छन्। यस ढंगले चिया निगमलाई निजीकरण गरियो। निजीकरण गरेपनि निजी क्षेत्रमा चिया विकास क्रम रोकिएन।

राज्यले ध्यान नदिएको कारण चिया उत्पादकले समस्या भोग्नुपर्ने स्थिति बनेको छ। नेपालमा कहाँ चिया उत्पादन हुँदै छ?  किसानहरूको आफ्नै पहलकदमीले इलाम झापा, पाँचथर, ताप्लेजुङमा चियाका बगानहरू निरन्तर विस्तार गरिरहेका छन्। तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङमा पनि चिया बगानहरू विस्तार गरिरहेका छन्।

यही क्षेत्रमा भाषण गर्दै छौँ। ललितपुर, सिन्धुपाल्चोक, नुवाकोटमा पनि चिया विस्तार गरिरहेको देखिन्छ। कास्की खास गरी गण्डकी, धौलागिरी र लुम्बिनीका ८ जिल्ला एनटीडिसीबाट चिया हुन्छ भनेर प्रमाणित गरेर अघि बढाइसकेका थिए। अलिअलि काम हुन थालेको छ।

सुदूरपश्चिममा बाजुरा र कालीकोटमा चिया विस्तार भएको देखिन्छ। राज्यले कतै प्रोत्साहन गर्न सकेको छैन्। जुन ढंगले नेपालको अर्थतन्त्रमा भूमिका खेल्न सक्थ्यो त्यो ढंगले भूमिका खेल्न काम हुन सकेको छैन। ट्रपिकल र सबट्रपिकल वातावरणमा हुन्छ सक्छ। ट्रपिकल र सबट्रपिकल वातावरण भनेको चीनको युनान प्रान्तदेखि बर्मा, भारतको असम, दार्जीलिङ‚ सिंगो नेपाल र यहाँ देखि पश्चिम नैनीतालसम्म पनि ट्रपिकल र सबट्रपिकल वातावरण छ। सिंगो नेपाल चिया क्षेत्रमा रूपान्तरित गर्न सकिन्छ।

१६ हजार बढी हेक्टरमा चिया खेती

त्यो हिसाबले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ। नेपालमा चिया उत्पादनको स्थितिलाई हेर्‍यौँ भने नेपालमा १९२० मा जम्मा १२० हेक्टरमा चिया लगाएको देखिन्छ। अहिले १६ हजार बढी हेक्टरमा चिया फैलिएको छ। नयाँ तथ्यांक राम्रोसँग उपलब्ध छैन। विस्तार भइरहेको छ। उत्पादनको कुरामा सिटिसी मात्र १ करोड ५६ लाख ४१ हजार केजी उत्पादन हुँदो रहेछ गत वर्षको तथ्यांक हेर्दा।

अर्थोडक्स ७१ लाख ६८ हजार ६५५ केजी उत्पादन हुँदै रहेछ। अढाई करोड बढी नेपालको उत्पादन हुँदो रहेछ। सिटिसी यहाँ खपत गर्छौं। अर्थोडक्स भने ९० प्रतिशत बाहिर पठाउँछौँ। अर्थोडक्स पिउने बानी बसाउन सकेका छैनौँ तर पिउनुपर्ने भनेको अर्थोडक्स चिया हो। अर्थोडक्समा अनेक भेराइटीका उत्पादन हुने गर्छन्।

नेपालमा २ खालका चिया छन्  अर्थोडक्स र सिटिसी चिया। सिटिसी चिया भनेको क्रस, टियर र कर्भ गर्ने चिया हो। 

यसरी हामीले चाहिने स्याहार सम्भार औषधि, मल सिँचाइ दिन प्रबन्ध राज्यले गर्न सकेको छैन। सिटिसी तराईमा हुन्छ सिँचाइको माग गर्छ तर सरकारले प्रबन्ध गर्न सकेको छैन। अर्थोडक्स पहाडीमा सिँचाइ धेरै चाहिँदैन। स्याहार र मल आवश्यक हुन्छ त्यसलाई राम्रोसँग गराउन सकेको छैन।

चियाको मौसम र सिजन

चिया ४ मौसममा टिप्ने गरिन्छ। पहिलो मार्चको अन्त्यबाट हून्छ– अप्रिल अन्त्यमा सकिन्छ। दोस्रो मे मध्यबाट सुरु हुन्छ र २ महिना जारी रहन्छ। तेस्रो जुलाई सेप्टेम्बरमा हुन्छ। चौथो टिपाई अक्टोबर र नोभेम्बरमा गएर टुंगिन्छ। ४ पटक टिप्न सकिने वनस्पति किसानका लागि महत्त्वपूर्ण हो भन्न सकिन्छ। चिया आफैँमा प्राकृतिक सुगन्ध र स्वाद भएको वनस्पति हो। त्यसप्रति आकर्षित भए।

चियाको बजार खोज्न सकेनौँ

अहिले अनेक फल र फुलका सुगन्ध मिसाएर अनेक प्रकारका चिया उत्पादन गर्न सकिन्छ। उत्पादन भएका चिया बडो उच्च मूल्यमा बिक्री हुने गरेका छन्। चियाको बजार अर्थोडक्स मूल त भारत छ। हामीले चियाको बजार खोज्न सकेका छैनौँ। अर्थोडक्स चियाको बजार युरोप, अमेरिकामा अलि अलि, रूस, चीन जस्ता क्षेत्रमा पठाउने सम्भावना छन्। अलि अलि गइरहेको पनि छ। तर, हामीले व्यवस्थित रूपमा बजार खोज्ने काम गर्न सकेका छैनौँ। 

सभामुख महोदयलाई तुरुन्त यसमा रुलिङ गर्नका लागि आग्रह गर्न चाहन्छु। चिया अक्सन सेन्टर तुरुन्त नेपालमा बनाउनुपर्‍यो र चिया किसानहरूको हितमा काम गर्न सक्नुपर्‍यो। त्यसो गर्दा मात्रै चियाको विकास र विस्तारलाई प्रोत्साहन दिन सक्ने कुरा हुन सक्छन्।

जसले उत्पादन गरेको छ उनीहरू आफैँ बजारसम्म पहुँच अवस्थामा छैनन्। राज्यले भुमिका नखेल्ने हो भने ती चिया विस्तारै विस्तारै केही वर्ष अघि गुल्मीको आपटारीमा कफी किसानहरूले कफी उखेलेर फाल्ने अवस्थामा पुगेका थिए।

पछिको अवधिमा अन्तर्राष्ट्रिय बजार पाएकाले ठिकै ढंगले विकास गर्दैछ। त्यसैगरी चिया विस्तार त गरिरहेको त राज्यले बजार खोज्न भूमिका नखेले किसानहरू चिया उखेलेर फाल्ने अवस्थामा पुग्दैनन् भन्न सकिँदैन। अहिले पनि उचित मूल्य पाउन सकेका छैनन्।

अहिलेसम्म जुन ढंगले प्राप्त छन्। कोभिडको समयमा अर्थोडक्सबाट ४ अर्ब आर्जन गरेका छौँ। ठूलो आर्जन हो। यदि भारततिर पठाउँदा ६ भने हामीले चीन बजारमा पुर्‍याउँदा ३ सय प्रतिशत बढी मूल्य पाउने रहेछौ सर्वेक्षणले देखाउँछ।

३ सय प्रतिशत भनेको १२ अर्ब प्राप्त गर्ने अवस्थामा पुग्छौँ। त्यस्तो सम्भावना हुँदा हुँदै व्यवहारमा ल्याउन सकेका छैनौँ। अहिले हामी जुन मूल्यमा भारतमा बेचिरहेका छौँ चीनको बजार आकर्षित गर्न सक्ने हो भने सम्भव छ।

केही समयअघि हाम्रा देशका चिया उत्पादक र बिक्रेताले नेपालस्थित चिनियाँ राजदूतावाससँग कुरा गर्दा आयात गर्न सक्ने भएपछि एमओयु बनाइएको रहेछ। एमओयु कार्यान्वयन गर्ने भनेर परराष्ट्र मन्त्रालयतर्फ गयो। मन्त्रालयमा गएपछि कता पस्यो त्यस पछाडि कसैले थाहा पाउन सकेको छैन। मैले सोध्दा पत्ता लगाउने मान्छे भेट्न सकेको छैन।

यस्तो लापरबाहीको अवस्था भोग्नुपर्ने अवस्था विद्यमान छ। एमओयु कार्यान्वयन गर्ने हो भने हाम्रो उत्पादन भएका चियाले चिनियाँ बजार प्राप्त गर्दा लाभ हुने स्वतसिद्ध छ। यस्तो महत्त्वपूर्ण उपज उत्पादनका लागि लामो समयदेखि नेपालको आफ्नो ब्रान्ड थिएन। हाम्रा चिया दार्जिलिङमा जाने र दार्जीलिङले ब्रान्डिङ गरेर संसारभर पठाउने गरेको छ।

नेपालको चिया नम्बर वान

अहिले अनुसन्धानलाई मान्ने हो भने संसारमा जति अर्थोडक्स उत्पादन हुन्छ नम्बर वान नेपालको चिया छ। नेपालको चियाले संसारमा उच्च मूल्य प्राप्त गर्न सक्छ। हामीले ब्रान्डिङ गर्न सकेनौँ। पछिल्लो अवधिमा ब्रान्डिङ  गर्ने सिलसिलामा ‘नेपाल क्वालिटी फ्रम हिमालयन’ तयार भएको छ। यसलाई उपयोग गरेर राज्यले भूमिका खेल्न सक्ने हो भने बल्ल फलदायी ढंगले अघि बढाएर जाने सकिने कुरा हुन्छ। तर, दु:खको कुरा के छ भने अहिलेसम्म यति ठूलो मात्रामा उत्पादन भइरहे पनि र किसान लागे पनि नेपालमा एउटा टी अक्सन सेन्टर बनाउन सकेका छैनौँ।

उत्पादक, बिक्रेता, व्यापारीले ठिक ढंगले व्यापार गर्न सकेका छैनन्। अक्सन गर्न पनि भारत धाउनुपर्ने अवस्था छ। जबकि कैयौँ कृषि उपज सरल ढंगले नेपाल–भारत बोर्डर उपभोग गर्न सकेका छैनौँ। कैयौँ दिनसम्म रोकिने गोदाममा थन्किने यस्ता काम हुन्छन्। जसले चिया बिग्रने सम्भावना पनि हुन्छ।

के हेर्छ मन्त्रालय?

अहिलेसम्म हाम्रै देशमा अक्सन सेन्टर बनाउन किन नसकिएको? के ले रोक्छ यो कुरालाई? किन राज्यले ध्यान दिन सक्दैन? सम्बन्धित मन्त्रालयले किन यो कुरालाई सोच्न सक्दैन? चिया अक्सन सेन्टर अत्यन्त जरुरी छ।

सभामुख महोदयलाई तुरुन्त यसमा रुलिङ गर्नका लागि आग्रह गर्न चाहन्छु। चिया अक्सन सेन्टर तुरुन्त नेपालमा बनाउनुपर्‍यो र चिया किसानहरूको हितमा काम गर्न सक्नुपर्‍यो। त्यसो गर्दा मात्रै चियाको विकास र विस्तारलाई प्रोत्साहन दिन सक्ने कुरा हुन सक्छन्।

त्यसका लागि कुनै ठुलो भारीवादको कुरा छैन। स्वयम चिया उत्पादक, बिक्रेता र कारखानका मालिक र उद्यमीहरू समेत सहयोग गर्न तत्पर छन्। राज्यले अगुवाइ गर्नुपर्‍यो। श्रीलंका र भारतले गरेको कुरा हेर्ने हो भने श्रीलंकाले १८६३ मा अक्सन सेन्टर खोलेको रहेछ। भारतले १८८१ मा नै अक्सन सेन्टर बनाएको रहेछ। त्यसैले उनीहरूले प्रगति गरेका छन्। त्यसैको हाराहारीमा चिया बगान लगाउन थालेको नेपालले अहिलेसम्म अक्सन सेन्टर बनाउन सकेको छैन।

अनि कसरी हाम्रो देशको अर्थतन्त्रलाई प्रोत्साहित गर्छौं? एउटा मात्र बस्तुको कुरा गरिरहेको छु। यस्ता हजारौ छन् हाम्रो देशमा। सरकारले जुन हिसाबले संरक्षण दिनुपर्ने हो जुन ढंगले अर्थतन्त्रमा योगदान हुन्छ सक्छ त्यसमा ध्यान जान सकेको छैन।

हामी खाली अकासे खोसानी जस्तो भएर प्रशासन संचालन गर्ने विदेशबाट सामान ल्याउन त्यो सामानमा कति कमिसन आउँछ भनेर हिसाब किताब गर्ने र त्यही कमिसनका आधारमा चल्ने कमिसनखोरी अर्थतन्त्रलाई प्रोत्साहित गर्न खोजिरहेका छौँ। राष्ट्रिय अर्थतन्त्रलाई विकास गर्न खोजिरहेका छैनौँ।

त्यस कारणले गर्दा देश अहिले दु:खद अवस्थाबाट अहिले आर्थिक संकटको कुराहरू गर्दैछौँ। त्यो संकट तर्फ देश गइरहेको अवस्था छ। यसरी हामीले चियालाई प्रोत्साहित गर्नका निम्ति हरेक चिया उत्पादकहरू अहिले ठूलो संख्यामा चिया उत्पादकहरू अगाडि बढिरहेको हामी देख्छौ।

सामान्यभन्दा सामान्य साना किसानहरूको संख्या पनि १६ हजार भन्दा बढी छ। हाम्रा देशमा साना साना बगानहरू डेढ सय पुगेको हामी देख्छौँ। ७ वटा बगान त सरकारकै माहतहतका हुन् अहिले लिजमा दिएको छ। त्यो लिजमा बगानहरू अहिले डी ग्रेड भएर गइसके। तिनीहरूले जुन प्रकारले आम्दानी दिनुपर्ने हो दिन सकेका छैनन्। रोजगारी दिन पनि सकेका छैनन्। एनटिडिसी मातहतका बगानहरू जस्तो कन्याम।

कुरूप बन्दै कन्याम

इलाम जाने मानिसहरूका निम्ती कन्याम भनेको सुन्दर ठाउँ। फोटो खिच्ने ठाउँ छ। त्यो चिया बगान निरन्तर खस्किँदै गएको छ। कुरूप बन्दै गएको छ त्यसलाई स्याहार सम्भार नै छैन। त्यहाँ कामदार घट्दै गएका छन्। उनीहरूको सुरक्षा पनि छैन। जसरी हामी सामाजिक सुरक्षाको ठूलाठूला भाषणहरू गर्ने गर्छौं। त्यहाँका मजदुरहरूले सामाजिक सुरक्षा प्राप्त गर्न सकेका छैनन्।

इलाममा राणाकालमा कणेल गजराजको पालामा बनेको चिया कारखाना हो त्यो हाम्रो देशको एन्टिक पनि हो। प्राचीन सम्पदा पनि हो। झन्डै २ सय वर्ष अघिको कुरा हो। यी चिजहरू अहिले एनटीडिसीलाई निजिकरण गरिसकेपछि ति चिजहरू कहाँ गइरहेको छ कसले के बेचिरहेको छ थाहा पत्तो छैन।

ती चिजहरूको रक्षाका निम्ति इलाममा चियाको संग्रहालय किन नबनाउने? अहिले नयाँ नयाँ कारखानहरू आउन थाले। ठूला मात्र हैन साना कारखाना पनि आउन थाले। ३०-४० रोपनीको लागि पुग्ने साना कारखान पनि आउन थाले। 

चियाको आफ्नै प्रजाति विकास गर्न सक्छौँ जसलाई क्लोन पनि भन्ने गरिन्छ। त्यो प्रजाति विकास गर्नका लागि टी टेस्टिङ सेन्टर, रिसर्च सेन्टर हामीले बनाउन सकेका थिएनौँ। यो बनाउन सक्यौँ भने हामीले आफ्नै टी टेस्टिङ सेन्टर बनाएर अघि बढ्न सक्छौ। अहिले भारतले मात्रै १२८ वटा प्रजाति विकसित गरेको छ।

यस्ता चिजहरूलाई अवसरको रुपमा लिएर प्रविधिको विकासका निम्ति उपयोग गरेर चिया विकासमा धेरै कामहरू गर्न सक्थ्यौँ। तर ती कामहरू गर्न सकिरहेका छैनौँ। चियालाई अगाडि बढाउन साना उत्पादक किसानहरूको निम्ति हरेक उत्पादकहरूलाई चियाको न्यूनतम समर्थन मूल्य तोकिदिन सकेनौँ भने चिया उत्पादक किसानहरूलाई प्रोत्साहन हुँदैन।

त्यसै कारण राज्यले नै न्यूनतम मूल्य तोकिदिने अविलम्ब गरिदिन आवश्यकता छ। ता की किसानहरूको हित होस साथ साथै कारखानाहरूले पनि किसानहरूसँग उचित सम्झौतामा बसेर काम गनुपर्ने आवश्यकता छ। चिया बगानहरू जो फैलिँदैछन् नेपालको इकोलोजीदेखि लिएर धेरै कुराहरूलाई ठूला ठूला फाइदा दिलाइरहेका छन्।

यसले हाम्रा डाँडाकाडाँलाई हरियालीकरण गरिरहेको छ। सौन्दर्य प्रदान गरिरहेको छ। हाम्रो माटो जो बग्थ्यो त्यसलाई रोक्ने काम गरिरहेको छ। हाम्रो डाँडाकाडाँहरूमा बगैचा जस्तो त्यसले देखाउँछ। हाम्रो वातावरणलाई सफा र सुन्दर बनाउँछ। हामीलाई प्रचुर अक्सिजन दिन्छ। अक्सिनको उद्यान जस्ता हुन्छ चिया बगानहरू। कार्बन उत्सर्जन गर्ने प्रक्रियालाई न्यूनीकरणका लागि बगानहरूले ठूलो फाइदा पुर्‍याइरहेका हुन्छन्। उद्यमशिलता बढाउन चिया बगानहरूले फाइदा पुर्‍याइरहेको छ। जहाँ जहाँ चिया बगान छन् पर्यटकहरूलाई आकर्षण पैदा गराउने स्थिति हुँदो रहेछ।

इलाममा पर्यटकहरू आकर्षित हुनु चिया बगान पनि हो। त्यसकारणले यी चिजहरूलाई ध्यानमा राख्नुपर्दो रहेछ। रोजगारी त यसले उपलब्ध गराउँछ आयमा वृद्धि गराउँछ र विदेशी मुद्रा पनि यसले आर्जन गर्छ। त्यसो हुनाले चिया बगानलाई विकास गर्ने कुरा विस्तार गर्ने कुरा हाम्रो अर्थतन्त्रको महत्वपूर्ण अंग हो भन्ने कुरालाई हामी सबै नेताहरूले, सांसदहरूले, राजनीतिक पार्टीहरूले बुझ्नुपर्ने आवश्यकता छ भनेर राख्न चाहन्छु।

टी टेस्टिङ सेन्टर आवश्‍यक

अहिले चिया कस्तो चिया उत्पादन गरिरहेका छौँ त्यसलाई परीक्षण गर्नका निम्ति टी टेस्टिङ सेन्टर बनाउन अत्यन्त जरुरी छ। यी नै कुरामा मैले धेरै कराउ गरिसकेपछि इलामको सूर्योदय नगरपालिकाको मेयर लगायतका साथीहरूले कराउ गरिसकेपछि अहिले सूर्योदयमा एउटा टी टेस्टिङ सेन्टर हामी बनाउँदैछौ।

टी टेस्टिङ सेन्टर बनाउने र पूरा गर्ने कुराहरूमा पनि संघीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ। सहयोग पुर्‍याउनुपर्ने र विज्ञहरू उपलव्ध गराउनुपर्ने आवश्यकता छ। टी टेस्टिङ सेन्टर बनाइसकेपछि हाम्रै देशमा अनुसन्धान गरेर चियाका हाम्रा आफ्नै प्रजाति विकास गर्न सक्छौँ।

आजसम्म हामी जति पनि चिया रोपण गरिरहेका छौँ विदेशी प्रजातिलाई ल्याएर रोपण गरिरहेका छौँ। हरेक देशमा वनस्पति हुन्छ त्यो वनस्पतिको आफ्नै प्रजाति पनि हुन्छ।

चियाको आफ्नै प्रजाति विकास गर्न सक्छौँ जसलाई क्लोन पनि भन्ने गरिन्छ। त्यो प्रजाति विकास गर्नका लागि टी टेस्टिङ सेन्टर, रिसर्च सेन्टर हामीले बनाउन सकेका थिएनौँ। यो बनाउन सक्यौँ भने हामीले आफ्नै टी टेस्टिङ सेन्टर बनाएर अघि बढ्न सक्छौ। अहिले भारतले मात्रै १२८ वटा प्रजाति विकसित गरेको छ।

सरकारको सहयोग छैन

श्रीलंकाले मात्रै ६८ वटा प्रजातिहरू विकास गरेको छ। हामी चाहिँ विदेशी प्रजातिहरू रोपेको रोपेकै छौँ। हामी आफ्नै प्रजातिहरू विकास गर्न सक्छौ। हामीसँग अनुसन्धान सेन्टर हुने हो भने ४-५ वर्षमा नयाँ जेनेरेसन हुर्काउन सक्छौँ।

हामी नेपाली प्रजातिको चिया विकास गर्न सक्छौँ। त्यसकारण यो कुरातर्फ ध्यान जानुपर्छ। टी टेस्टिङ सेन्टरलाई अविलम्ब समापन गर्नका निम्ति सरकारले गम्भिरतापूर्वक ध्यान दिओस् भनेर आग्रह गर्न चाहन्छु। अर्थोडक्स चिया अर्गानिक चियाको रूपमा उत्पादन गर्नुपर्ने हुन्छ।

जसले गर्दा अन्तर्राष्ट्रिय बजार त्यसले प्राप्त गर्न सक्छ। यसलाई पहिला पहिला विषाक्त रूपमा रासायनिक प्रयोग गर्ने गरियो जसले गर्दा यसको अन्तराष्ट्रिय बजार राम्रो हुन सकेन।

अहिले त्यसलाई रोकिएको छ हामीले प्रांगारिक मल हाल्नुपर्ने आवश्यकता छ। तर प्रांगारिक मल विकास गर्नका लागि सरकार जुन ढंगले सहयोग गर्नुपर्ने हुन सकेको छैन। प्रांगारिक मल अर्थोडक्स चियाको निम्ती बनाउने कुरामा सरकारले अबिलम्ब ध्यान दिओस। र यसका लागि अनेकौ उद्यमीहरू सरकारलाई सहयोगगर्न लगानी गर्न तम्तयार छन्। तर सरकारले सहयोग गर्नुपर्‍यो। त्यसमा सरकारले गाइड गर्नुपर्‍यो। त्यसरी तुरुन्त स्थापना हुन सक्छ। सरकार कानमा तेल हालेर बस्यो भने सम्भव हुँदैन। सरकारले चनाखो हुनुपर्‍यो। कयौ देशका राजदुतहरू समेत म के देख्छु भने आफ्नो देशका उद्यमीहरू र व्यापरलाई प्रोत्साहित गर्न।

हामी भन्छौँ नि इकोनोमिक डिप्लोमेसी त्यो काम उनीहरूले गरिरहेका हुन्छन्। तर हाम्रो राज्य चाहिँ अर्थतन्त्र विकास गर्न कुराहरूमा, उपजहरू विकास गर्ने कुरामा, संरक्षण गर्ने कुराहरूमा हिच्किचाइ रहेको, वास्ता नगरिरहनु वास्तवमा दुःख लाग्दो हो।

हामीले यी कुराहरूलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्ने हुन्छ। चिया भनेको कस्तो पेय पदार्थ रहेछ भने विभिन्न देशका वैज्ञानिकहरूले अध्ययन गर्दै जाँदा चियामा एमोनो एसिड।

एमिनो एसिड भनेका हाम्रो जीवनको निम्ति अत्यावश्यक एसिड हो। त्यो एमिनो एसिड ठूलो मात्रामा पाउँदो रहेछ। प्रोटिनोजन्य र ननप्रोटिनोजन्य एमिनो एसिड हुन्छन्। तीमध्ये प्रोटिनोजन्य एमिनो एसिड चियामा पाइँदो रहेछ।

चिया पिउनुमा फाइदै फाइदा

त्यकारण चियाजन्य पेय हाम्रो निम्ति स्वास्थ्यको निम्ति राम्रो हुन्छ। यसले मोटोपना पनि हुन नदिने भनिन्छ। यसकारण पेय पदार्थमा चिया राम्रो मानिँदो रहेछ। तर, दूध हालेर खानेभन्दा ब्ल्याक टी राम्रो हो भन्ने डाक्टरहरूको भनाइ छ। धेरै प्रकारका चियाहरू बन्छन् अर्थोडक्स चियालाई मात्र हेर्‍यो भने कुनै गोल्डेन टी भनिन्छ, कोही ह्रवाइट टी भनिन्छ , कोही ग्रीन टी भनिन्छ, कोही ब्लायक टी भनिन्छ। कोही यल्लो टी भनिन्छ, कोहि डार्क टी भनिन्छ।

यस्ता अनेक रूपमा चियाहरू उत्पादन हुन्छन् त्यसमध्ये कुन चाहिँ चिया उपलब्ध गराउने हो हाम्रो सदनमा पनि सांसदहरूले सधै चिया खाने गर्नुहुन्छ इलामको यो अर्थोडक्स टी मगाएर खाने गरियोस् भनेर म प्रस्ताव राख्न चाहन्छु। 

चिया टिप्नेलाई राम्रो तालिमको आवश्यकता हुन्छ। राम्रो टिप्नेलाई सहुलियत दिनुपर्ने हुन्छ। साना किसानहरू १० देखि सय रोपनीमा बगान बनाउनेलाई विशेष सहुलितय दिनुपर्छ। उनीहरू कारखाना बनाउन चाहन्छन् भने सरकारले ५० प्रतिशत अनुदानमा बनाउन भनेर प्रोत्साहित गर्नुपर्ने हुन्छ सक्छ।

चियालाई अगाडि बढाउने सिलसिलामा केही वर्ष अघि यसको संस्थागत विकासको लागि चिया तथा कफी बोर्ड बनाउने कार्य भयो। त्यसका लागि आवश्यक साधन, स्रोत, विज्ञ र बजेट पनि छैन्। जुन भूमिका खेल्नुपर्ने हो चिया तथा कफी विकास बोर्डले खेल्न सकेको छैन।

म के प्रस्ताव गर्छु भने कफी पनि नेपालभरि हुन्छ चिया पनि नेपाल भरि हुन्छ। त्यसका लागि अलग अलग बोर्ड बनाउनुपर्छ।  चिया विकासको अलग बोर्ड कफी विकासको अलग बोर्ड बनाएर अघि बढाउनु आजको आवश्यकता हो।

एनटिडिसी अन्तर्गतका ७ वटा बगान छन् यी बगानहरूको रक्षा अब राज्यले नयाँ सिराबाट गर्नुपर्‍यो। हिजो जे जे कारण गर्दा राज्य उद्योग धन्दा चलाउने हैन यो सब कुरा उद्योगी, पुँजीपति, व्यापारीले गर्नुपर्छ भन्ने ठाउँमा सरकार पुगेको थियो यो आत्मघाती निर्णय हो।

मोडल बगान बनाउनुपर्छ

त्यसलाई नयाँ ढंगले सच्याउनुपर्छ। र देशभरी फैलन सक्ने बगानको कुरो छ। लिजमा दिएको बगानहरू खासगरी कन्याम, चिलिमकोट, टोकला, इलाम, सोक्तिम, बर्ने, बाह्रदशी यी ७ वटा वगान जुन ढंगले दिइएको छ त्यो कुरोलाई फेरि फिर्ता गर्नुपर्छ। सम्बन्धित व्यक्तिसँगसमेत मैले कुरा गरेको छु।

तीन तहको सरकार र साना किसान उत्पादकहरू यसमा संलग्न हुन तयार छन्। सबैको साझेदारीमा ती उद्यमी जसलाई बेचिएको छ उनी पनि संलग्न हुन चाहन्छन् उनलाई पनि संलग्न गरेर चिया बगानलाई मोडल बगानको रुपमा संचालन गर्न आवश्यक छ।

ताकी कसरी चिया विकास गर्न सकिन्छ भन्ने बारेमा सबै  निजी क्षेत्रका उत्पादकहरूको लागि पनि मार्गदर्शक जस्तो बन्न सकोस्। पाठशाला र गाइड सेन्टर बन्न सकोस्। यसरी मात्र चियालाई राम्रोसँग विकास गरेर लग्न सकिन्छ भन्ने लाग्छ। खाली निजिकरण गरेर उनीहरूलाई जिम्मा दिएपछि सबै कुरा समाधान हुन्छ भन्ने गलत धारणाबाट अब राज्य मुक्त हुन जरुरी छ। यो सदन पनि मुक्त हुन जरुरी छ।

चिया टिप्ने तालिम दिनुपर्छ

विभिन्न ढंगबाट उत्पादकहरूलाई सहुलियत दिने चिया टिप्नेहरूलाई सहुलियत दिनुपर्छ। चिया ठिक ढंगले टिप्न तालिम चाहिन्छ। ठिक ढंगले टिपियो ठिक पत्तीहरू टिपियो कतिवटा पात टिप्ने हो। पहिलो पात टिपियो भने त्योभन्दा मूल्यवान चिज अरू केही हुँदैन। तीन पातेसम्म टिपियो भने त्यो राम्रो गुणस्तरको चिया हुन्छ।

त्यसकारण चिया टिप्नेलाई राम्रो तालिमको आवश्यकता हुन्छ। राम्रो टिप्नेलाई सहुलियत दिनुपर्ने हुन्छ। साना किसानहरू १० देखि सय रोपनीमा बगान बनाउनेलाई विशेष सहुलितय दिनुपर्छ। उनीहरू कारखाना बनाउन चाहन्छन् भने सरकारले ५० प्रतिशत अनुदानमा बनाउन भनेर प्रोत्साहित गर्नुपर्ने हुन्छ सक्छ।

चियालाई अघि बढाउन सुझाव

१. पहिलो कुरा सरकारले राष्ट्रिय चिया नीतिलाई अविलम्ब सिमावलोकन गर्नुपर्छ। नयाँ राष्ट्रिय चिया नीति निर्धारण गर्नुपर्छ।

२. चियाको विकास विस्तार र यस क्षेत्रमा देखा परेको चुनौती समस्या, सम्भावना र समाधानका निम्ती केन्द्रिय स्तरबाट विज्ञहरू रहेको एउटा टिम निर्माण गरीकन चियाको विकास विस्तार कसरी गर्न सकिन्छ नयाँ रणनीति निर्माण गर्नका लागि एउटा त्यस्तो समिती बनाएर अध्ययन गरियोस्।

३. चिया विकास निममलाई नयाँ ढंगबाट राज्यको भुमिका रहने गरी पुनर्गठन गर्नुपर्ने आवश्यकता छ।

४. देशका विभिन्न क्षेत्रमा राज्यले निजी क्षेत्रमा उत्पादकहरू मिलेर संयुक्त रुपमा बगानहरू निर्माण गर्ने व्यापक सम्भावनाहरू छन्। त्यो सम्भावनालाई पक्रेर अगाडी बढ्नुपर्छ। त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई पनि निर्देशित गर्नु जरुरी छ।

५. सयौ बर्ष अगाडी राणाकालमा स्थापित चिया कारखाना र त्यसका मेसिनहरू भवनहरू सबै हाम्रा प्राचिन सम्पदाका रुपमा रहेका छन्। ती कुराहरूलाई संरक्षण गरेर नेपाली चियाको इतिहासलाई संरक्षण गर्न इलाममा चिया संग्राहलय बनाइयोस्।

६. चिया रोपण र बगानलाई विस्तार गर्दै बढि भन्दा बढि किसानहरूलाई चिया रोपण व्यवसायमा संलग्न हुन् राज्यले नै प्रेरित गर्नुपर्छ।

७. सबै चिया उत्पादकहरूलाई विशेष गरेर साना चिया उत्पादक र साना बगानहरूलाई सहुलियत दिने गरी चियाको न्यूनतम समर्थन मुल्य तोकिदिनुपर्छ। जबसम्म राज्यले समर्थन मूल्य तोकिदिँदैन तब सम्म यसमा प्रोत्साहन हुँदैन। अरू धेरै वस्तुमा लागू हुन्छ चियामा त जरुरी छ।

८. विभिन्न ठाउँमा कारखाना मात्र स्थापना गरेका चिया क्षेत्रमा लागेका उद्यमीहरूलाई उनीहरूका कारखाना सम्बन्धी समस्या समाधान गर्न सघाउनुपर्छ। र उनीहरूले प्रशोधन गरेको चियाको मुल्य घटाउनका लागि विद्युतमा सहुलियत दिन जरुरी छ। जसले गर्दा चियाको मुल्य घटाउन सकिन्छ। र बढि प्रतिस्पर्धी बनाउन सकिन्छ।

९. नेपाली ब्रान्डका चियाको लागि अन्तराष्टिय बजारको सुनिश्चितता गर्नुपर्छ त्यसका लागि राज्यले सक्रिय भुमिका खेल्नुपर्छ। सबैभन्दा लाभकारी बजार जुन हो त्यसलाई हामीले पक्रनुपर्छ। अहिले लाभकारी बजार बढि भन्दा बढि चीनको देखिइरहेको छ। अहिले भारतको बजारलाई प्रयोग गर्दा निरन्तर टुट्टामा परिरहेको छ। चीनको बजार  प्रयोग गर्न सकिने बजारको विषयमा राज्य आफैँ पहलकदमी गरेर त्यो बजार खोल्नु अत्यावश्यक छ। त्यसो भयो भने ३ सय प्रतिशत मुल्य पाउने अहिलेको सम्भावना छ।

१०. नेपालमा अविलम्ब चिया अक्सन केन्द्र खोल्नुपर्छ। त्यसका लागि सरकारले अविलम्ब पहल गर्नुपर्छ। र नेपाली चिया उत्पादक र विक्रेताहरूको लागि सहज परिस्थितीको निर्माण गर्नुपर्छ।

११. चिया र चिया बगानहरूको स्वास्थ्यलाई दिगो र असल बनाइराख्न राम्रो स्यहार सम्भार पुर्‍याउने, सिचाईको प्रबन्ध गर्ने, प्रांगारिक मलको तुरुन्त उत्पादनको व्यवस्था गर्ने काममा राज्यले भूमिका निर्वाह गर्नुपर्छ।

१२. चिया परिक्षण केन्द्र स्थापना गर्ने प्रस्तावलाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ। र त्यसलाई दिगो विकासको प्रबन्ध अगाडि बढाउनुपर्छ।

१३. चियाका नेपाली प्रजातीहरू विकास गर्न हाम्रो अनुसन्धन कार्यलाई तुरुन्त अघि बढाउनुपर्छ, र नेपाली प्रजातीका चियाका बोटहरू निर्माण गर्नुपर्छ।

१४. चिया विकास र विस्तार दिगो जगमा उभ्याउनका निम्ति चिया विकास बोर्ड अलग रुपमा स्थापना गर्नुपर्छ। र कफि विकास बोर्ड अलग रुपमा स्थापना गर्नुपर्छ। ताकी दुवै कुरालाई हामीले  राम्रोसँग प्रोत्साहित गर्न सकियोस्।

१५. देशभरका साना मझौला चिया उत्पादक किसानहरूलाई प्रोत्साहन गर्न उनीहरूलाई विशेष सहुलियतको व्यवस्था गर्नुपर्छ। उनीहरूलाई समर्थन मुल्य तोकिदिने बजारको सुनिश्चितता गरिदिने र उनीहरूलाई व्यक्तिग वा सहकारीमार्फत कारखाना खोल्न विशेष सहुलितय दिने व्यवस्था गर्न जरुरी छ।

१७. नेपालमा क्रियाशिल उद्योगहरूलाई सहुलियत दरमा गुणस्तरिय विद्युत उपलब्ध गराएर चियाको लागत कम गराई चियालाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने काममा पनि हामीले भुमिका खेल्न जरुरी छ।

१८. नेपाली चिया उत्पादक र विक्रेताहरूको हितका लागि चियाको गुणस्तरि मापन गर्ने सेनेटरी एन्फाइटो सेनेटरी (एसपीएस) सेवा भनिन्छ। त्यो एसपीएस सेवा उपलब्ध गराउने ल्याबहरू हुन्छन् त्यो ल्याबहरू नेपालमा छैन् त्यसले गर्दा भारतमा लगेर हाम्रो चिया कस्तो छ भनेर टेस्ट गर्नुपर्ने हुन्छ। त्यो चियाको सामान्य स्वास्थ्य परिक्षण गर्नका लागि पनि। त्यो हुनाले यस्तो ल्याब तुरुन्त स्थापनाका गर्ने अझ हाम्रो भन्सार नाकाहरूमा स्थापना गरिदिने कामहरू अविलम्ब हामीले गरिदिन सक्नुपर्छ।

१९. भन्सार नाकाहरूमा अन्तराष्ट्रिय मापदण्ड बमोजिमका यस्ता प्रयोगशालाको सुविधा उपलब्ध गराउनुपर्छ। तब मात्र चिया निर्यातकर्ताहरूलाई बढि सुविधा उपलब्ध हुन्छ।

२०. नेपालमा विकास गर्दै गएका चिया बगानहरूको स्तरोन्नति बनाउन सोही बगानहरूलाई नै धितो राखी कर्जा लिन सक्ने प्रबन्ध सरकारले गर्न जरुरी छ। ति आफैँमा एउटा सम्पदा हुन्, ती सम्पदालाई राखेर बैंकमा राखेर कर्जा लिने प्रबन्ध हामीले गर्नुपर्छ। त्यसमा केही नीतिगत समस्याहरू रहेछन् त्यो नीतिगत समस्या सरकारले तुरुन्त हल गरिदिनुपर्ने जरुरत छ।

२१. नेपाली चिया निर्यात गरेबापत हाल नेपाल सरकारले उपलब्ध गराउँदै आएको ५ प्रतिशत नगद प्रोत्साहनलाई १० प्रतिशतमा बढाउन जरुरी छ। त्यसले हाम्रो चियालाई अन्तराष्‍ट्रिय बजारमा बढी प्रतिस्पर्धी बनाउन सक्छ। जबकि हामीले स्टिल, सिमेन्ट जस्ता बस्तुहरूमा ८ प्रतिशत प्रोत्साहन दिने गरेका छौ चियामा किन नदिने? त्यसरी चियामा १० प्रतिशत पुर्‍याइयोस् भन्ने मेरो प्रस्ताव छ।

२२. अन्त्यमा चिया जस्तो महत्वपूर्ण पेय पदार्थ र नगदेबालीको विकास, विस्तार र शुदृढिकरणको निम्ति अविलम्ब कदम चाल्न सरकारलाई ठोस निर्देशन दिनका निम्ति सभामुख महोदय रुलिङ होस् भनेर सभामुख महोदयसँग हार्दिक आग्रह गर्न चाहन्छु।

(प्रतिनिधिसभामा साउन ५ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेको सम्बोधन)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.