‘दलहरू वैचारिक-राजनीतिक रुपमा स्खलित भए’

|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अन्तरवस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा उनले असन्तुष्टि जनाएका हुन्। 

सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे।  दलहरुमा वैचारिक-राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको उनको भनाइ छ।

‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ? यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा  मैले त यो पारित गर्नु अघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त। पारित गर्नु अघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे। राष्ट्रियसभामा पनि बोले। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त। यस सम्बन्धमा विचारको समस्या होइन’ उनले भने, ‘वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो। निष्ठा कमजोर हँुदै गएको समस्या हो। तत्कालीन राजनीतिक स्वार्थहरूबाट प्रेरित हुँदै गएको समस्या हो। त्यसको कारणले चुनौति बढेको हो। र, खतरा पैदा भएको हो।’

उनले दलहरूले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहोर्‍याए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.