|

विराटनगर : देशमा सङ्घीयता आएसँगै गठन भएको प्रदेश सरकारको पहिलो कार्यकाल सकिन लाग्दा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरू यति बेला प्रदेशको नाम जुराउने कसरतमा लागिरहेका छन्।

नाम के राख्ने भन्ने विषयमा दलहरूबीच पनि छलफल चुलिएको छ तर, निष्कर्षमा भने पुग्न सकेको छैन। नामका सम्बन्धमा दलहरूको आ आफ्नै अडान छ। भूगोलको आधारमा राख्ने या पहिचानको आधारमा नाम राख्ने।

भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नामाकरणको विषयलाई लिएर पछिल्लो समय पहिचानवादी विभिन्न सङ्गठनहरुले दैनिक जस्तो सडक आन्दोलन गरिरहेका छन्।

प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान नाच, केलाङ (च्याब्रुङ) नाचेर प्रदर्शनी गरेका छन्।

३५ वटा पहिचानवादी संस्थाहरूले आज सामूहिक रुपमा प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै प्रदर्शनी गरेका हुन्। 

पालमबाट मागे प्रदेशको नाम

भनिन्छ साहित्य र सङ्गीतबाट मार्ग परिवर्तन गर्न सकिन्छ। ठूलाठूला विद्रोह साहित्य, सङ्गीतको माध्यमबाट नै थालिएका उदाहरण पनि धेरै छन्।

यस्तै लिम्बु विद्यार्थी मञ्च धरानले केलाङ (ढोल नाच) र धान नाचेर प्रदर्शनी गरेका छन्। उनीहरूले पालम (धान नाच्दा गाइने गीत)बाट नै प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्छ भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए। उनीहरूले पालम लिम्बू भाषाबाट गाएका थिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.