|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले  वीर अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सरकार संवेदनशील रहेको बताएका छन्।

अस्पतालको १३३औं वार्षिकोत्सवको अवसरमा वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील रहँदै आएको र अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील छ, जसले गर्दा वीर अस्पतालले बढीभन्दा बढी जनतालाई सेवा दिनेछ भन्नेमा दृढ विश्वास लिएको छु,यसमा सरकारले पनि यसमा सक्दो सहयोग गर्नेछ।’

सो अवसरमा उनले अस्पतालले अझै क्यान्सरलगायत जस्ता घातक रोगहरूको उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको समेत बताएका थिए।  

यस्तै, प्रधानमन्त्री देउवाले  दुवाकोटमा विस्तार गरिने भनिएको वीर अस्पतालको सेवाको  लागि बजेट छुट्याउन आफू संवेदनशील रहेको समेत बताएका छन्। उनले अस्पतालमा आवश्यक जनशक्ति थप गर्न आवश्यक प्रकृया अगाडि बढाउनसमेत निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.