|

भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन्।

उनको राजीनामापश्चात् भारतीय जनता पार्टीले नितिशले विहारका   जनता र बीजेपीलाई धोका दिएको प्रतिक्रिया दिएको छ। विहार बीजेपीका अध्यक्ष सन्जय जायसवाले पटनामा एक पत्रकार सम्मेलनमा नितिशको यो कदमलाई विहारका जनताले नसहने बताए।

मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नितिशले तेजस्वी यादवलाई भेटेका छन्। राज्यपाललाई राजीनामा बुझाएपछि नितिश सिधै यादवलाई भेट्न उनको घर पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.