|

काठमाडौं : वातावरण स्वयम्‌सेवक समूहले पशुपतिस्थित मृगस्थली वनका वृक्षहरूलाई रक्षाबन्धन गरेर रक्षाबन्धन पर्व मनाएको छ। वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्ष पनि अत्यन्त आवश्यक रहेको भन्दै वृक्षलाई रक्षाबन्धनको डोरो बाँधेको बताए।

उनले प्रकृतिको असन्तुलनका कारण वायु र अग्नि तत्व असन्तुलित हुँदै गएको बताए। उनले भने, ‘हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दीर्घायु र सुस्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधेका हुन्छौँ, त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य हो र हुनुपर्छ।’

उनले जति रक्षाबन्धनको पौराणिक र ऐतिहासिक महत्व छ, यससँगै वैदिककालदेखि नै धर्म र प्रकृतिको संरक्षणको पनि महत्व रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.