|

हेटौंडा : दलित तथा पछाडि परेका समुदायको नागरिकतामा अपमानजनक नाम राखेको विषयमा देशभर चर्चा चलिरहँदा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका वडाध्यक्षले आफ्नै नागरिकताको नाम अपमानजनक भएको भन्दै सच्याउन निवेदन दिएका छन् ।

राक्सिराङ गाउँपालिका–८ का वडाध्यक्ष युसाई प्रजाले नागरिकता बनाउँदा नै अपमानजनक नाम राखिएको भन्दै नाम सच्याइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका हुन्। युसाई नाम अपमानजनक भएको उनले बताए।

चेपाङ भाषामा युसाईलाई मुसासँग जोडेर बुझिन्छ। वडाध्यक्षले आफ्नो नाम अपमानजनक रहेको भन्दै गाउँमा अर्कै नाम बताउने गरेका छन्। उनलाई हाबिल भनेर चिनिन्छ । वडाध्यक्ष युसाईले आफ्नो नागरिकताको नाम सच्याइदिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई भेटेर अनुरोध गरेका थिए।

प्रमुख जिल्ला अधिकारी पाण्डेले नाम सच्याउन सकिने बताएपछि उनले निवेदन दिएका हुन्। वडाध्यक्ष युसाईले पहिला आफ्नो नाम सच्चिएर आएपछि गाउँमा अपमानजनक नाम भएका स्थानीयको खोजी गरेर प्रशासनमा नाम परिवर्तनका लागि आफूले भूमिका खेल्ने बताए ।

मकवानपुरका चेपाङ समुदायमा कुई (कुकुर), चाकमाया, पिलो, कामी, सार्की जस्ता थुप्रै अपमानजनक नामहरू राखेर नागरिकता बनाएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले बताए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.