|

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदको अमर्यादित क्रियाकलापलाई देशकै लज्जाको विषय मानिन्छ। यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन्।

नेपालको सन्दर्भमा तानातान, ठेलमठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषय हुन्छन्। यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै ।

कतिपय संसदका दृश्यले हास्य चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ। संसद बैठकको समयमा धेरै समय कुर्सी खाली नै हुन्छन् । एकातिर संसदीय विषयमा छलफल र अर्कोतिर पछाडि बेञ्चमा बसेर सांसदहरु गफमा मस्त देखिन्छन् भने कोही फोनमा व्यस्त त कोही निदाइरहेका।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठकमा देखिएका केही रोचक दृश्य—

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.