|

सल्यान : सल्यानमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जिल्लाको कालिमाटी गाउँपालिका-१ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो सोमबार साँझ शारदा नगरपालिका-१० नयाँ गाउँनजिकै दुर्घटना भएको हो।

दुर्घटनामा कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया धनी पुन र अन्दाजी ७० वर्षीया कमला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुवै जनाको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

दुर्घटनामा लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया अमृता बपाल, उनको २ वर्षको छोरा अविषेक बपाल‚ २० वर्षीया अस्मिता पुन र उनको ३ वर्षीय छोरा शुसान्त पुन तथा अटोचालक १८ वर्षीय धनीराम बुढाथोकी रहेका छन्। घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको खनालको भनाई छ।

अटो अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.