|

दाङ : चोरी मुद्दाका फरार युवकलाई प्रहरीले करिब २९ घण्टापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ बस्ने २१ वर्षीय लक्ष्मण बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमका अनुसार  घोराही ११ डोक्रेना चोक स्थित मीनाकुमारी लम्सालको  घरबाट  बिहीबार दिउँसो करिब ३ बजेतिर नगद तथा सुनका गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ परेको थियो।

उनलाई म्याद थपका लागि जिल्ला वकिल कार्यालयमा लगिएको र शौचालय गएको बेला उनी झ्यालको भेन्टिलेसन सिसा फोडी फरार भएका थिए। फरार रहेका बिकलाई खोजतलास गर्दै जाँदा गढवा गाउँपालिका ८ कोइलाबास स्थित नेपाल– भारत सीमा नाका नजिकबाट शुक्रबार राति करिब पौने ११ बजेतिर पक्राउ जिप्रका ल्याइएको प्रवक्ता गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.