|

काठमाडौं : विश्व हिन्दु परिषद् नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

परिषद्ले आज एक विज्ञप्ति निकालेर प्रचण्डको टिप्पणी अराजक एव्ं हिन्दुविरोधी भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा शनिबार माओवादी अध्यक्ष प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिंड्ने प्रचलन रहेको बताएका थिए।

उनको अभिव्यक्तिले बहुसंख्यक जनताको धार्मिक आस्था तथा मनोभावनामाथि ठाडो प्रहार गरेको परिषद्को बुझाई छ। परिषद्ले समग्र हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई प्रचण्डले उपहास गरेको भन्दै धार्मिक‚ सांस्कृतिक र संवैधानिक मर्यादाप्रति सचेत रहन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.