|

काठमाडौं : थारु समुदायले आज जितिया पर्व मनाउँदै छन्।

थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो। थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।

जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।

व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन्। त्यसपछि साँझपख सबै व्रतालुहरू जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहीआएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.